सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटनामा २ जनाको मृत्यु, १७ घाइते – Nepal Press

सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटनामा २ जनाको मृत्यु, १७ घाइते

रूपन्देही । सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

सो घटनामा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन मृत्यु भएको सल्यान प्रहरी जनाएको छ ।

रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको छ ।

जीपमा चालकसहित १९ जना यात्रु थिए । घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर