माओवादी मधेसका सांसद यादवको गुनासो- धोका र षड्यन्त्रको सिकार भएँ – Nepal Press

माओवादी मधेसका सांसद यादवको गुनासो- धोका र षड्यन्त्रको सिकार भएँ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सांसद जगत यादवले धोका र षड्यन्त्रको सिकार भएको पीडा सामाजिक सञ्जालमा पोखेका छन् ।

०७४ मा माओवादीले यादवलाई समानुपातिक सांसद बनाएको थियो । सिरहाको चोहर्वा घर भएका उनी यो पटक प्रत्यक्षमा चुनाव लड्न खोजेका थिए । तर टिकट नपाउने भएपछि उनले सामाजिक सञ्जालमा पीडा पोखेका हुन् ।

‘विगत ३० वर्षदेखि जनताको अधिकार र पहचानको निमित्त लडदै आएको भन्दै उनले भनेका छन्, ‘मेरो चाहना थियो । एक पल्ट म जनताबाट निर्वाचित भएर सेवाको मोका दिन्छ भन्ने विश्वास थियो । तर आज आएर सपनामै सिमित हुने भएको छ ।’

उनले आफूमाथि ठुलो अन्याय भएको र बिस्थापित गरेको पनि गुनासो पनि छन् । जनताको सेवक रहेको र जनताको लागि लडिरहेने भन्दै जित निश्चित रहेको उनले दावी गरेका छन् ।

सांसद यादवले अभिव्यक्तिमार्फत पार्टीबाट धोका पाए पनि चुनाव लड्ने संकेत गरेका छन् । तर स्वतन्त्रबाट लड्ने वा विकल्प खोज्नेबारे मौन छन् । यसबारे बुझ्न उनलाई सम्पर्क गर्न खोज्दा हुन सकेन् ।


प्रतिक्रिया

One thought on “माओवादी मधेसका सांसद यादवको गुनासो- धोका र षड्यन्त्रको सिकार भएँ

  1. वर्षौंको लगानी प्रचण्डले गठबन्धनको नाममा माटोमा मिलाईदिए त के भयो ? स्वतन्त्र उठनुहोस वा एमालेसँग सम्पर्कमा आउनुहोस। मिले अहिले नै नमिले अर्को चुनावमा एमालेले टिकट दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर