प्युठानमा दुर्गा पौडेललाई भोट नमाग्ने कांग्रेस नेता डाक्टर पोखरेलको घोषणा – Nepal Press

प्युठानमा दुर्गा पौडेललाई भोट नमाग्ने कांग्रेस नेता डाक्टर पोखरेलको घोषणा

रूपन्देही ।गृहजिल्ला प्युठानमा टिकट दावी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले रुख चिन्हमा मात्र मत माग्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बाहिर आएका गठवन्धनका समाचार सहि भएमा प्यूठानी जनताका बीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने उनले लेखेका छन् । उनले राजमो र त्यसको चुनाव चिन्ह गिलासमा भोट नमाग्ने बताएका हुन् । यहाँबाट राजमो उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउनेगरी गठबन्धनमा सहमति भइसकेको छ ।

‘मलाई प्यूठानमा संघीय उम्मेदवार हुनुहोस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु’,उनले लेखेका छन्,‘तर प्रस्तावलाई सकरात्मकरुपले लिएर उपायहरु खोज्दै छु । यस बीचमा केही नयाँ परिदृष्यको विकास भएमा अवश्य जानकारी गराउने छु ।’

पोखरेल ०७४ सालको निर्वाचनमा राजमोकी दुर्गा पौडेलसँग नै पराजय भएका थिए । अहिले पूुुनः सत्ता गठवन्धनबाट पौडेलले नै टिकट पाउने निश्च्तिजस्तै भएको छ । पोखरेललाई कांग्रेसभित्र टिकट पाउनुपर्ने चर्को दवाव भइरहेको छ । शेखर कोइराला पक्षका पोखरेललाई प्यूठानमा देउवा पक्षले भने रुचाएका छैनन् ।

आफू रुख चिन्ह लिएर उम्मेदवार भई प्यूठान आउने सम्भावना माथि प्रश्न चिन्ह लागेको पोखरेलले बताएका छन् । तर, औपचारिक समाचार नआउँदासम्म सम्भावना रहेको समेत उनले प्रतिक्रिया दिए । पोखरेलले ०७४ मा ३१ हजार २ सय ८६ र तत्कालीन बामगठवन्धनबाट पौडेलले ४७ हजार ५ सय १४ मत पाएकी थिइन् ।

यसअघि जिल्लाका काँग्रेस नेताहरूले जिल्लामा राजमो चौथो दल भएकाले नेतृत्व आफैले पाउनुपर्ने निर्णय केन्द्रीय समितिलाई पठाइसकेका छन् ।

 


प्रतिक्रिया

2 thoughts on “प्युठानमा दुर्गा पौडेललाई भोट नमाग्ने कांग्रेस नेता डाक्टर पोखरेलको घोषणा

  1. कान्छी कम्युनिष्टलाई काँग्रेसले भोट माग्ने कुरै आउँदैन नि ।

  2. कान्छी कम्युनिस्ट अब प्युठान बाट सक्केको अबस्था

Leave a Reply to D.B.Magar Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर