दसैँ मनाउन थातथलो फर्किनेको भीड (तस्बिरहरू/भिडिओ) – Nepal Press

दसैँ मनाउन थातथलो फर्किनेको भीड (तस्बिरहरू/भिडिओ)

काठमाडौं । बडादसैँ भित्रिएसँगै उपत्यका छाड्नेहरूको संख्या पनि बढेको छ । काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्नेहरु धमाधम घर फर्कन थालेका हुन् । उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर थातथलोमा फर्किनेहरूको लर्को लागेको छ ।

पढाइ, रोजगारी तथा व्यवसायको सिलसिलामा सहरबजार छिरेकाहरू दसैँमा घर फर्कने गरेको छ । मीठो खाने र राम्रो लाउने चाडका रूपमा पनि परिचित दसैँमा परिवार, आफन्तजनसँग जमघटको खुसी टीका थापेर आशीर्वाद लिने हुनाले यो चाडको महत्व झन् बढ्दो छ ।

पछिल्ला दिनमा उपत्यका भित्रिनेको तुलनामा बाहिरिने यात्रुको चाप बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हिजोसम्म ४ लाखभन्दा बढी यात्रुले उपत्यका छाडेको अभिलेख छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार आज शनिवार परेकाले र भोलिदेखि दसैं शुरुहुने भएकाले हिजो भन्दा आज घर जानेहरुको भीड बढेको हो ।

घर जानेमा बच्चादेखि वृद्धहरुसम्म छन् । एकैपटक धेरै मानिसहरु उपत्यका छाड्ने भएकाले गाडीको समस्या भोग्नुपरेको यात्रुहरुले गुनासो गरेका छन् । देशैभर चल्ने गाडीको रुट परमिट खुल्ला गरिदिएकाले उत्यकामा जाने गाडीहरुले पनि यात्रुहरुलाई गन्तव्यमा पुयाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *