विजया दशमीका दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना – Nepal Press

विजया दशमीका दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १९ गते विजया दशमीका दिन केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै त्यस दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, दशमीको भोलिपल्ट पनि ति क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल बंगालको खाडीमा विकसित न्युन चापीय क्षेत्र उत्तरपश्चिमतर्फ सर्दै जाने भएकाले असोज १८ गतेदेखि नेपालमा पनि यसको प्रभाव पर्ने र दशैंका दिनहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर