रवीन्द्र मिश्रका चुनावी एजेण्डा : संघीयता खारेजी, राजसंस्था तथा हिन्दु-बौद्ध राष्ट्र – Nepal Press

रवीन्द्र मिश्रका चुनावी एजेण्डा : संघीयता खारेजी, राजसंस्था तथा हिन्दु-बौद्ध राष्ट्र

कैलाली । अघिल्लो प्रतिनिधि सभामा ८१८ मतले पराजित भएका रवीन्द्र मिश्र पुन सोही क्षेत्रबाट निर्वाचनमा होमिने भएका छन् । अघिल्लो पटक विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र यस पटक भने राप्रपाबाट उम्मेदवार बन्ने भएका छन् ।

शुक्रबार उम्मेदवार घोषणापछि सामाजिक सञ्जालमार्फत मिश्रले आफ्नो परिचय र एजेन्डा प्रस्तुत गरेका हुन् । उनले मूख्यरुपमा संघीयताको खारेजी र संवैधानिक राजसंस्थालाई आफ्ना एजेण्डा बनाएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र स्थानीय तहलाई सुढृड बनाउने मिश्रले एजेण्डामा समेटेका छन् ।

सनातन हिन्दु बौद्ध राष्ट्र,धर्म पहिचान, संस्कृति सम्पदाको संरक्षण, वर्गीय आरक्षण, समावेशी र समानुपातिक प्रतिनिधित्वलाई पनि उनले एजेण्डामा समेटेका छन् ।

मिश्रले आफ्नो परिचयमा बीबीसी लन्डनमा काम गरेर स्वदेश फर्किएको, परिवर्तन हाम्रै जीवनकालमा भन्दै २०७४ सालमा बिबिसी छोडेको र प्रतिनिधि सभामा उम्मेदवार बनेको, ८ सय मतले पराजित भएको उल्लेख गरेका छन् ।

उनले क्षेत्र नम्बर १ लाई खुल्ला क्षेत्र संरक्षण,केटाकेटीलाई खेल्ने पार्कको निर्माण, ज्येष्ठ नागरिकलाई बस्ने ठाउँ, सोलार बत्ती जडान, सुकुम्बासी व्यवस्थापन लगायतका विषयहरूलाई आफूले प्राथमिकता रहेको उनले उल्लेख गरेका छन् ।

अघिल्लो पटक काठमाडौँ १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार९३६ मत पाएर विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर