बागमती प्रदेशमा आजबाट सवारीसाधनलाई ‘टाइम कार्ड’ लागू – Nepal Press

बागमती प्रदेशमा आजबाट सवारीसाधनलाई ‘टाइम कार्ड’ लागू

हेटौँडा । चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई कम गर्न टाइम कार्ड लागू गरिएको छ ।

सवारी साधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलङ्घन समेत बढ्न गई हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरूमा ‘टाइम कार्ड’ लागु गरिएको छ ।

सिन्धुली जिल्ला हुँदै जाने बिपी राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागू भएको थियो । चाडपर्वलाई लक्षित गरी मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका आजदेखि लागू गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

प्रहरीले आजैबाट मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौँडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेलदेखि दोलालघाटसम्म र बिपी राजमार्गको मंगलटार देखि काभ्रेभञ्ज्याङ सम्म टाइम कार्ड लागु गरिएको रेग्मीको भनाई छ ।

टाइम कार्ड लागु गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको उनले बताए ।

सि.नं. जिल्ला राजमार्गको नाम लागु हुने सुरु स्थान र अन्तिम स्थान दुरी तोकिएको समय
सुरु स्थान अन्तिम स्थान
सिन्धुली विपी राजमार्ग भिमान माझिटार १८ कि.मि. यात्रुबाहक ठूलो सवारी साधनलाई ४० मिनेट, सानोलाई ३० मिनेट
माझिटार खुर्कोट ३९ कि.मि. यात्रुबाहक ठूलो सवारी साधनलाई १ घण्टा ५० मिनेट, सानोलाई १ घण्टा ३० मिनेट
खुर्कोट नेपालथोक दुम्जा ३३ कि.मि. यात्रुबाहक ठूलो सवारी साधनलाई १ घण्टा ३० मिनेट र सानो सवारीलाई १ घण्टा १० मिनेट
चितवन मुग्लिन -नारायणगढ

 

 

फिस्लिङ मुग्लिन १६ कि.मि. २५  मिनेट
मुग्लिन आँपटारी ३४ कि.मि. १ घण्टा
मुग्लिन गोन्द्राङ ४१ कि.मि. १ घण्टा  ५ मिनेट
गोन्द्राङ लोथर

 

३० कि.मि ५० मिनेट
मकवानपुर पूर्व-पश्चिम राजमार्ग चुरियामाई हेटौडा ७ कि.मि. १० मिनेट
हेटौडा मनहरी ३२ कि.मि. ५० मिनेट
मनहरी लोथर १२ कि.मि. २० मिनेट
भैंसे-भिमफेदी- कुलेखानी-फाखेल-काठमाण्डौ भैंसे भिमफेदी १२ कि.मि. ३० मिनेट
भिमफेदी फाखेल २७ कि.मि. १ घण्टा ३० मिनेट
काभ्रे अरनिको राजमार्ग धुलीखेल पाँचखाल १५ कि.मि. ३० मिनेट
पाँचखाल दोलालघाट १० कि.मि. २० मिनेट
विपी राजमार्ग काभ्रेभञ्ज्याङ भकुण्डेबेशी १३ कि.मि. ३५ मिनेट
भकुण्डेबेशी मंगलटार १८ कि.मि. ४० मिनेट
धादिङ पृथ्वी राजमार्ग खानीखोला गजुरी ४७ कि.मि. १ घण्टा ३० मिनेट
  गजुरी मझिमटार २६ कि.मि. १ घण्टा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर