बर्दियामा छोराको हत्या आरोपमा बाबु पक्राउ – Nepal Press

बर्दियामा छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दिया । आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् ।

लौरंलालले वुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा शुक्रबार बिहान फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर