जनार्दनको वक्तव्य- सीट बाँडफाँटको सहमति भइसकेको छैन, आधिकारिक निर्णय पर्खौं – Nepal Press

जनार्दनको वक्तव्य- सीट बाँडफाँटको सहमति भइसकेको छैन, आधिकारिक निर्णय पर्खौं

काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गठबन्धनको सीट बाँडफाँटमा अहिलेसम्म कुनै पनि सहमति नभएको दाबी गरेका छन् ।

शर्माले देशभरीका कार्यकर्ताले चासो राखेको भन्दै सामाजिक सन्जालमार्फत अहिलेसम्म कुनै सहमति भइसकेको जानकारी नपाएको स्पष्ट पारेका छन् । उनले सबैलाई धैर्य रहन र पार्टीको आधारिक सहमतिको प्रतिक्षा गर्न अनुरोधसमेत गरेका छन् ।

गठबन्धनमा सीट बाँडफाँट टुंगिएको भनेर विभिन्न मिडियामा क्षेत्रको विवरण सार्वजनिक भएपछि माओवादी पंक्तिमा असन्तुष्टि बढिरहेको बेला शर्माले यस्तो वक्तव्य दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *