दसैंका लागि कसरी छान्ने स्वस्थ खसीबोका ? – Nepal Press

दसैंका लागि कसरी छान्ने स्वस्थ खसीबोका ?

काठमाडौं । दसैं आइनैसकेको छ । धार्मिक, सांस्कृतिक महत्व बोकेको दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रुपमा पनि लिइन्छ ।
मासु खानेहरुले दसैंमा अघिपछिभन्दा धेरै खाने गर्छन् । धेरैले घरमै खसी, बोका, च्याङग्रा, भेडा आदि काटेर मासु खाने गर्छन् ।

सरकारले समेत उपभोक्ताले सहज रुपमा खसीबोका पाऊन् भनेर खाद्य कम्पनीमार्फत बिक्री वितरणको व्यवस्था गरेको छ । तर, दसैंका लागि स्वस्थ खसीबोका छान्दा धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ ।

खसीबोका छान्दा ध्यान दिनुपर्ने कुराहरु-

  • काठमाडौं उपत्यकामा ल्याइने खसीबोकाको सिङमा नीलो र रातो रंग लगाइएको हुन्छ । नीलो रंग लगाइएका खसी स्वस्थ हुन् भने रातो रंग लगाइएका अस्वस्थ । काठमाडौं भित्रिएका खसीबोकाको स्वस्थ्य परीक्षण थानकोट र कलंकीमा पशु चिकित्सकहरुले गर्ने गर्दछन् । विभिन्न खसीबोका बिक्रीस्थलमा गएर समेत प्रत्येक दिन बिहान पशु चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने गर्छन् ।
  • नेपाल चौपाया खरिदबिक्री तथा कृषि फार्म ग्रुपका अध्यक्ष दीपक थापाले दसैंका लागि किन्ने खसीबोकाको ढाड छामेर पनि गुणस्तरबारे बुझ्न सकिने बताए । उनका अनुसार ढाड मोटो भएका खसीबोका स्वादिलो र स्वस्थ हुन्छ ।
  • हेर्दा टाठो देखिने खसीबोका पनि स्वस्थ मानिन्छन् । आँखामा कचेरा नलागेको, नाकबाट सिंगान नबगेको र भुँडी नढाडिएको खसीबोका स्वस्थ हुने थापाले बताए ।
  • छोटो कान भएका लोकल खसीबोका मासुका लागि राम्रो मानिन्छ ।
  • सानो र गाउँघरतिर चराएर पालेको खसी छान्दा राम्रो हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर