काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने रवीन्द्र मिश्रको औपचारिक घोषणा, संसदमा गर्व गर्नलायक भूमिका निभाउने प्रतिबद्धता (भिडिओ) – Nepal Press

काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने रवीन्द्र मिश्रको औपचारिक घोषणा, संसदमा गर्व गर्नलायक भूमिका निभाउने प्रतिबद्धता (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । आज आयोजित कार्यक्रममा उनले पार्टीको सहमति लिएर आफूले उम्मेदवारी तय गरेको बताए ।

दुई दिनअघि मात्रै वरिष्ठ उपाध्यक्ष भएर राप्रपा प्रवेश गरेका मिश्रले पहिल्यैबाट यस क्षेत्रमा लड्ने तयारी गरेका थिए । राप्रपा नेतृत्वले पनि सहमति जनाएपछि उनले आज औपचारिक घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा बोल्दै उनले आफूलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।

मिश्रले भने, ‘म एउटा सशक्त सांसदको रुपमा संसदभित्र तपाईंहरुको आवाज बुलन्द गर्नेछु ।’

उनले आफूले झूटो आश्वासन दिएर भोट नमाग्ने बताए । विगत १५ वर्षदेखि यस क्षेत्रको प्रतिनिधित्व गरिरहेका नेताले संसदमा के भूमिका निभाए भन्दै उनले प्रश्न गरे ।

‘यो १५ वर्षमा कति दिन संसद चल्यो र तपाईंहरुले पठाउनुभएको सांसद कति दिन संसदमा उपस्थित भएर तपाईंहरुको आवाज उठाउनुभयो ?’ मिश्रले भने ।

मिश्रले अघिल्लो संघीय निर्वाचनमा विवेकशील-साझा पार्टीबाट यही क्षेत्रमा उम्मेदवारी दिएका थिए । कांग्रेसका प्रकाशमान सिंहसँग उनी झिनो मतले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर