ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु – Nepal Press

ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको हरिसिद्धिमा हिजो साँझ ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक अन्दाजी २५ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।

हात्तीवनबाट गोदावारीतर्फ जाँदै गरेको ना ४ ख ३१२९ नम्बरको ट्याङकरले पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका युवकको उपचारका क्रममा पाटन अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको हो । ट्याङकर सहित चालकलाई प्रहरी बृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर