नर्भिकमा ‘एनएबिएल आइएसओ सर्टिफाइड’ ल्याब, सर्वसाधारणको बढ्दो आकर्षण – Nepal Press

नर्भिकमा ‘एनएबिएल आइएसओ सर्टिफाइड’ ल्याब, सर्वसाधारणको बढ्दो आकर्षण

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ ।

अस्पताल स्तरको पहिलो र एकमात्र एनएबिएल आइएसओ सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।

प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठकाअनुसार एनएबिएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तरीयता कायम गरेका कारण पनि नर्भिक ल्याब्रोटोरीले सर्वसाधारणहरुको मन जित्न सफल भएको हो ।

‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन । अरुमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ ।’ डा। श्रेष्ठले भने, ‘हामीसँग ५ जना त प्याथोलोजिष्ट मात्र हुनुहुन्छ । एकजना माइक्रोबायोलोजिष्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ ।’

डा. श्रेष्ठकाअनुसार नर्भिकको प्रयोगशालाअन्तर्गत सञ्चालित विभिन्न विधाहरुमध्ये ५ वटा स्पेशल टेस्टले समेत आइएसओ सर्टिफिकेट पाएका छन् । ‘हेमाटोलोजी, बायोकेमेस्ट्री–हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजी जस्ता सेवामा हामी आइएसओ सर्टिफाईड हो ।’

डा.श्रेष्ठले भने-‘धेरै सेक्टरमा आइएसओ सर्टिफाई प्राप्त गर्ने सम्भवतः नर्भिकको ल्याब पहिलो र एक हो ।’नियामकले तोकेका र एनएबिएलका मापदण्ड समेत पूरा गर्दै अगाडि बढी जनविश्वास कमाएकै कारण पछिल्लो समय गत असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नर्भिकको ल्याब्रोटोरीलाई दिएको सञ्चालन अनुमति ५ वर्षका लागि पुनः नवीकरण गरिदिएको छ ।

‘धेरै कम अस्पतालमध्ये नर्भिक पनि त्यस्तो अस्पतालमा पर्छ, जसले ल्याब सञ्चालनका लागि छुट्टै अनुमति लिने गरेको छ ।’ डा.श्रेष्ठले भने–‘नभए त कतिपयले भ¥याङमुनि ल्याबको नाममा नमूना कलेक्सन सेन्टर सञ्चालन गर्ने गरेका छन् । पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकुल वातावरणमा मसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउनसक्छ ।’

उनका अनुसार आइएसओले बनाएको मापदण्डअनुसार नर्भिक ल्याब्रोटोरीमा काम हुन्छ । ‘प्रत्येक दिन बिहान, दिउँसो र बेलुका क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ । हाम्रा मसिनले निकालेको भ्यालू ठीक छ वा छैन भनेर प्रत्येक दिन ३ पटक हेर्छौ ।’ उनले भने, ‘यो क्रममा कुनै मसिनले ठीक भ्यालू निकालेको छैन भने पहिला नै थाहा हुन्छ । डेटामा पनि उत्तिकै काम हुन्छ ।’

एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ । कुनै रिपोर्टमा केही अस्वभाविक जस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको समेत उनले जानकारी दिए । ‘मसिनले दिएको भ्यालू हरदम चेक भइरहन्छ । यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तरीयता पूर्ण रुपमा कायम गराउने सफलता पाइरहेका छौं’उनले भने ।

नर्भिकको ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु एफडिए अप्रूभ र सिए सर्टिफाइड छन् । मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर