लागुऔषध सेवन गरी सवारी चलाउने तीनजना पक्राउ – Nepal Press

लागुऔषध सेवन गरी सवारी चलाउने तीनजना पक्राउ

हेटौँडा । लागुऔषध सेवन गरि सवारी चलाएको पाइएपछि हेटौँडाबाट प्रहरीले तीनजना चालकलाई नियन्त्रणमा लिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १ अन्र्तगत हेटौँडा–काठमाडौं सडकखण्डको तिरतिरे धारमा जाँच गर्ने क्रममा ३ जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शंका लागेका चालकहरुको पिसाव जाँचबाट लागुऔषध प्रयोग गरेको पत्ता लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको चालकहरुको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

चाडपर्व लक्षित परिक्षणको क्रममा मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतम पनि फिल्डमा खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *