पारासिटामोलको उपलब्धता सहज बनाउने स्वास्थ्य मन्त्रालयको भनाई – Nepal Press

पारासिटामोलको उपलब्धता सहज बनाउने स्वास्थ्य मन्त्रालयको भनाई

काठमाडौं । डेंगु संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निःशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको हो ।

’विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरि राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ । त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर