उम्मेदवार छान्न एमाले सचिवालय बैठक बालकोटमा (तस्बिरहरु) – Nepal Press

उम्मेदवार छान्न एमाले सचिवालय बैठक बालकोटमा (तस्बिरहरु)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटको मापदण्डबारे छलफल गर्न एमाले सचिवालय बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा मापदण्डका साथै उम्मेदवार छनौट तथा कतिपय निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुने बताइएको छ ।

एमालेको समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल गएर ऐनबमोजिम सच्याउने कामसमेत सकिएको एमाले स्रोतले जनाएको छ ।

एमालेका प्रतिनिधिसभातर्फ १६५ मध्ये ५६ निर्वाचन क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस भइसकेका छन् । दसैंअघि नै प्रत्यक्षतर्फका उम्मेदवार लगभग टुंगो लाग्ने एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *