एलपी साँवा लिम्बूको ‘राम्रो सोचे राम्रो नै देखिन्छ’मा टंक बुढाथोकी र अशोक दर्जीको स्वर (म्युजिक भिडिओसहित) – Nepal Press

एलपी साँवा लिम्बूको ‘राम्रो सोचे राम्रो नै देखिन्छ’मा टंक बुढाथोकी र अशोक दर्जीको स्वर (म्युजिक भिडिओसहित)

काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सांसद तथा एमाले नेता एलपी साँवा लिम्बूले लेखेको ‘राम्रो सोचे राम्रो नै देखिन्छ’ बोलको गीतमा टंक बुढाथोकी र अशोक दर्जीले स्वर दिएका छन् ।

दुई साताअघि टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलमा अपलोड भएको यो गीत बिहीबारसम्म करिब साढे ६ लाख पटक हेरिएको छ । गीतको म्युजिक भिडियोमा टंक र अशोक नै देखिएका छन् । गीतको संगीत संयोजन र अरेन्जमेन्ट टंकले नै गरेका छन् ।

युट्युबमार्फत चर्चामा आएका अशोकलाई टंकले पछि साथ दिएका थिए । उनीहरुले सँगै गाएको ‘चौरीको चाम्रो छुर्पी’ चर्चित छ । साँवा झापाबाट गत प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *