७ दिनभन्दा बढी बिदाअनुसार एसएलएफको भुक्तानी अवधि बढ्ने – Nepal Press

७ दिनभन्दा बढी बिदाअनुसार एसएलएफको भुक्तानी अवधि बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ दिनभन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि पनि थप हुने व्यवस्था गरेको छ ।

दशैं बिदामा तरलता समस्या नहोस् भनेर राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि ७ दिनको लागि मात्रै पाइने स्थायी तरलता सुविधा अब भने लामो बिदा समाप्त नहुँदासम्म भुक्तानी अवधि रहने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद १५ स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) लाई संशोधन गरे भुक्तानी अवधि थप हुनसक्ने व्यवस्था गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर