नेकपा एसका बार जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित दुई सांसद एमालेमा प्रवेश – Nepal Press

नेकपा एसका बार जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित दुई सांसद एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुईजना सांसद तथा केन्द्रीय सदस्यसहित बारा जिल्लाका एक दर्जन नेता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा अर्की सांसद सीता गुरुङ एमालेमा फर्किएका हुन् ।

विश्वकर्मा प्रत्यक्ष निर्वाचित हुन् । तत्कालीन एमालेका जिल्ला अध्यक्ष विश्वकर्माले पार्टी विभाजनपछि नेकपा एस रोजेका थिए । उनीहरुसहित ११ जना जिल्ला नेता एमालेमा फर्किएका हुन् ।

अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर एमाले प्रवेश गर्नेमा केन्द्रीय परिषद सदस्य कौशल किशोर सिंह,महेश विश्वकर्मा,दशरथ राम, विद्या थापा, मिन रहपाल, मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी लगायत छन् ।


प्रतिक्रिया

One thought on “नेकपा एसका बार जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसहित दुई सांसद एमालेमा प्रवेश

  1. कम्युनिस्ट आन्दोलनको ऐजरु र मौलाएको हरियो रुखका विरुद्धको पहलकदमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर