कर्णालीमा फ्लोर क्रस गर्ने पूर्वमन्त्री बुढा एमालेमा फर्किए, जिल्ला कमिटी नै समाहित भएको दाबी – Nepal Press

कर्णालीमा फ्लोर क्रस गर्ने पूर्वमन्त्री बुढा एमालेमा फर्किए, जिल्ला कमिटी नै समाहित भएको दाबी

काठमाडौं । सर्वोच्च अदालतबाट पुन:स्थापनापछि तत्कालीन नेकपा एमालेको विवादकै बेला कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएका सांसद नन्दसिंह बुढा डेढ वर्षपछि एमालेमा फर्किएका छन् ।

नेकपा एसका डोल्ला जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री बुढासहित ४० जना जिल्ला कमिटी सदस्य बिहीबार एमालेमा प्रवेश गरेका हुन् । बुढासहितको टोलीलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

प्रकाश ज्वालाको नेतृत्वमा बुढासहित ४ सांसदले फ्लोर क्रस गरेर पार्टीको ह्वीप उल्लंघन गर्दा महेन्द्र शाहीको सरकार जोगिएको थियो भने एमाले नेतृत्वको सरकार बन्नबाट रोकिएको थियो ।

बुढासहितको टोलीलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा डोल्पालाई लालकिल्ला बनाउन शुभकामना दिए । उनले कसैमाथि भेदभाव नहुने समेत प्रष्ट पारे ।
बुढाले नेकपा एसको उद्देश्य एमाले हराउनेबाहेक केही पनि नदेखेपछि आफूहरु पार्टीमै फर्किएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर