पाँच सय जरिवानाबाट उम्किरहेका गगन थापा – Nepal Press

पाँच सय जरिवानाबाट उम्किरहेका गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा एक महिनाभन्दा बढी समयदेखि नम्बर प्लेट फुटेको सवारीसाधन चढेर हिँडिरहेका छन् । उनी चढ्ने गरेको टाटा कम्पनीको सेतो कारको पछाडिको नम्बर प्लेट फुटेर अन्तिमको अंक नै गायब छ ।

नेपाल प्रेसकर्मीले एक महिना अगाडि उनको गाडीको नम्बर प्लेट फुटेको देखेको थियो । एक महिनापछि आज देख्दा पनि नम्बर प्लेट उही अवस्थामा रहेछ । कानूनअनुसार फुटेको नम्बर प्लेट राखेर गाडी चलाउन पाइँदैन ।

गगनले केही समयदेखि प्रदेश १, ०२५ च २५६३ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन् । गाडीको अगाडि भागमा नम्बर प्लेट सद्दे भए पनि पछाडिको फुटेको हो । जसले गर्दा अन्तिम अंक ३ देखिँदैन ।

नम्बर प्लेट फुटेको वा प्रस्ट देखिने गरी नराखेको पाइएमा ५ सय रुपैयाँ जरिवाना हुने ट्राफिक प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बताउँछन् । उनले भने, ‘हामीले त्यस्तो नम्बर प्लेट बिग्रिएको वा फुटेको देख्नेबित्तिकै अन द स्पट ५ सय रुपैयाँ तिराउने गरेका छौं । नम्बर प्लेट ठीक गरेरमात्र चलाउने सर्तमा छाडिदिन्छौं ।’

तर, कांग्रेस महामन्त्रीको फुटेको नम्बर प्लेट ट्राफिक प्रहरीको आँखामा नपरेको हो वा चर्चित नेता भएकाले नजरअन्दाज गरिएको भन्ने चाहिँ बुझ्न सकिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर