बत्तिसपुतलीमा शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू) – Nepal Press

बत्तिसपुतलीमा शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको शेखर कोइराला समूहले छुट्टै चियापान कार्यक्रमको आयोजना गरेको छ । दसैँ, तिहारलगायतका पर्वमा कांग्रेसले बर्सेनि कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने परम्परा छ ।

तर, समान अवसर र न्यायका लागि भन्दै खबरदारी अभियान चलाइरहेको शेखर-गगन समूहले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छुट्टै कार्यक्रम गरेको हो । कार्यक्रममा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् ।

यस कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेखर समूहको असन्तुष्टि छ । प्रत्यक्षमा पनि कम्तीमा ४० प्रतिशत सीटको बटमलाइनसहित संस्थापन पक्षलाई दबाब दिँदै आएको छ ।

हिजो सानेपास्थित केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ता धर्नासमेत बसेका छन् । आफूहरूको माग सम्मानजनक रूपमा सम्बोधन नभए देशभर गठबन्धनविरुद्ध बागी उम्मेदवार उठाउने चेतावनी नेताहरूले दिएका छन् ।


प्रतिक्रिया

One thought on “बत्तिसपुतलीमा शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम (तस्बिरहरू)

  1. शेखरलाई दुवै हातमा लड्डु परेको छ भन्ने प्रमाण चिया खाने कप !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर