प्रशिक्षक हुमागाईँको व्यवहारप्रति खेलकुद पत्रकार मञ्चको आपत्ति – Nepal Press

प्रशिक्षक हुमागाईँको व्यवहारप्रति खेलकुद पत्रकार मञ्चको आपत्ति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले देखाएको व्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आपत्ति जनाएको छ ।

बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा उनले गरेको व्यवहारप्रति एनएसजेएफले आपत्ति जनाएको हो ।

बुधवार मञ्चका सचिव अञ्जन खड्काले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हुमागाईँका विषयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

यस्तै, विज्ञप्तिमा हुमागाईँको व्यवहारप्रति (एन्फा)ले कारबाही गर्नेमा मञ्चले विश्वास व्यक्त गरेको जनाएको छ ।

मञ्चले आगामी दिनमा यस्तो व्यवहार नदेखाउन चेतावनी समेत दिएको छ ।

नेपाली राष्ट्रिय टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको प्रस्तुति गैर व्यावसायिक, गैर जिम्मेवार र नितान्त निम्न सोचको रहेको र त्यस क्रममा उनी नेपाली खेलकुद पत्रकारप्रति आपत्तिजनक रूपमा प्रस्तुत भएकोमा मञ्चले उनको यस व्यवहारको घोर भर्त्सना गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *