हातहतियार तथा गोलीगट्ठा बुझाउन सिरहा प्रशासनको निर्देशन – Nepal Press

हातहतियार तथा गोलीगट्ठा बुझाउन सिरहा प्रशासनको निर्देशन

जनकपुरधाम । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले इजाजत लिई राखेको हातहतियार र गोलीगट्ठा बुझाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिएका छन् ।

मंसिर ४ गतेका लागि तोकिएको संसदीय निर्वाचनलाई लक्षित गरी हातहतियार तथा गोलीगट्ठा असोज मसान्तभित्र बुझाउन प्रजिअ कवारीले सूचना जारी गरेर सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन् ।

प्रशासन कार्यालय, सिरहामा असोज मसान्तभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *