नेपाल एपीएमको आयोजनामा अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगिता हुने – Nepal Press

नेपाल एपीएमको आयोजनामा अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगिता हुने

काठमाडौं । नेपाल एपीएम प्रा.ली.को आयोजना र नेपा टेनिस संघको तत्त्वावधानमा दोस्रो दोस्रो नेपाल ए.पी.एम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगिता’ आयोजना हुने भएको छ ।

टेनिस संघले बुधवार एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता मंसिर १देखि ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । प्रतियोगिता भैसेपाटीस्थित ए.पी.एम क्लबमा हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, कोरिया, अमेरिका, पाकिस्तान र बंगलादेशका १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगितामा प्रतियोगितामा मेन्स भेट्रान्स सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि), वुमेन्स भेट्रान्स सिंगल्स (४० वर्षमाथि), र मेन्स भेट्रान्स टिम गरेर
५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता खेलाडीहरूले ५० हजार, देस्रोले २० हजार र सेमिफाइनलमा पराजित दुवै जानले समान दश हजार प्राप्त गर्नेछन् ।

तीन दिन आयोजना हुने प्रतियोगिताका लागि विशेष अतिथि दक्षिण कोरियाकी ओलम्पिक गोल्ड मेडलिस्ट याङ योङ जा रहनेछिन् ।

वार्षिक रूपमा आयोजना हुने यो प्रतियोगिता टेनिस संघको वार्षिक क्यालेन्डरमा रहेको र भेट्रान नै गर्नुको मुख्य उद्देश्य भनेको हरेक वर्ष नयाँ होस भन्ने रहेको संघका निर्देशक दान बहादुर महताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *