ठमेल रेमिट भयो एनपीएस प्रणालीमा आबद्ध, अमेरिकाबाट पठाएको पैसा केहि सेकेन्डमै प्राप्त गर्न सकिने – Nepal Press

ठमेल रेमिट भयो एनपीएस प्रणालीमा आबद्ध, अमेरिकाबाट पठाएको पैसा केहि सेकेन्डमै प्राप्त गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रा.ली. नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ । एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (युएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ ।

नेशनल पेमेन्ट स्विचसँगको सहकार्यबाट उत्साहित ठमेल रेमिटका सह–संस्थापक बाल के जोशीले भने, ‘यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर–कार्डमा आधारित, बैंक–टू–बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउँछ। सामान्यतया, यस प्रकारको रियल टाइम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन्। अमेरिकामा भएका नेपालीहरूलाई अब अझै छिटो र चुस्त रूपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौँ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

संयुक्त राज्य अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भए पनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको यो पहिलो पटक हो ।

अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडेर एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गरी रेमिटले स्वचालित रूपमा भुक्तानी कारोबारहरू गर्न सक्नेछ । यस अन्तर्गत ठमेल रेमिटले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरू मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरू आफ्ना ग्राहकका बैंक खाताहरू बीच सोझै गर्न सक्नेछ । ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच रहेको छ ।

यसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु, ७३ भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । हाल १३ वटा रेमिटेन्स कम्पनीहरूले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरू मार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरूको प्रयोग गरी रेमिटेन्स सम्बन्धी कारोबारहरू गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर