नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने छैठौं खेलाडी अन्जन – Nepal Press

नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने छैठौं खेलाडी अन्जन

काठमाडौं । वंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ह्याट्रिक गरेका अन्जन विष्ट नेपालका लागि ह्याट्रिक गर्ने छैठौं खेलाडी बनेका छन् ।

दशरथ रंगाशालामा बंगलादेशलाई ३–१ गोलको नतिजामा पराजित गरेको खेलमा अन्जनले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए ।

यो नेपाली फुटबल खेलाडीले अन्तर्राष्ट्रिय खेलमा ६ वर्ष पछि गरेको ह्याट्रिक हो । पछिल्लो समय सन् २०१६ जनवरिमा नवयुग श्रेष्ठले बंगबन्धु गोल्ड कपमा माल्दिभ्स विरुद्ध नेपालले ४–१ को जित निकालेको खेलमा ह्याट्रिक गरेका थिए ।

यस्तै, नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गाणेष थापाले गरेका थिए , दोस्रोमा नेश जाशि, तेस्रो निराजन रायमाझी चौथो भरत खवास र पाँचौं ह्याट्रिक नवयुग श्रेष्ठले गरेका थिए ।

नेपालका लागि छैठौं अन्तर्राष्ट्रिय ह्याट्रिक गरेका अन्जनले पोष्ट म्याच कन्फरेन्समा ह्याट्रिक गर्दाको खुसी शव्दमा बयान गर्न नसक्ने बताएका छन् । यस्तै, उनले गोल गरेको भन्दा पनि टिमले जितेको खुसी धेरै भएको पनि बताएका छन् ।

‘ह्याट्रिक गर्दाको खुसी शव्दमा बयान गर्न सक्दिन मैले गोल गरौं भन्दा पनि टिमले जितोस भन्ने सोच्छु । टिमले जित्नका लागि मैले मात्र हैन जस्ले गोल गरेपनि जित्ने हो,’ उनले भने ।

बंगलादेशसँग ह्याट्रिक गरेसँगै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्यापनि १० पुर्याएका छन् । भने, राष्ट्रिय टिमबाट ५०औं खेल खेलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *