राष्ट्रपतिविरुद्ध अनेरास्ववियू क्रान्तिकारी पवन कार्की पक्षको विरोध – Nepal Press

राष्ट्रपतिविरुद्ध अनेरास्ववियू क्रान्तिकारी पवन कार्की पक्षको विरोध

ओलीले ल्याएको अध्यादेशमा ७ वर्षे प्रावधान हटाइएको थियो : बिडारी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनरेस्ववियू क्रान्तिकारीको विद्रोही पक्षले राजधानीमा नागरिकता विधेयकसम्बन्धी भ्रम र यथार्थ बहस सम्पन्न गरेको छ ।

संगठनको कानून विभागले मंगलबार सिनामंगलमा बहस सम्पन्न गरेकाे उपदेश यादवले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले नागरिकता विधेयकबारेमा विभिन्न तर्क राखेका थिए ।

त्यस्तै, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पवन कार्कीले जनताका निम्ति संविधान संशोधन गर्न पाउने व्यवस्था रहेको बताउँदै नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गल्ती गरेको बताए ।

कार्यक्रममा नेता बिडारीले २०११ सालको विषय उठान गर्दै राजा महेन्द्रकी पत्नी पनि भारतीय रहेको र अन्य रानीहरु पनि भारतबाट विवाह गरेर ल्याइएको र उनीहरुलाई नागरिकता दिइएको बताउँदै नागरिकता विधेयकको पक्षमा तर्क प्रस्तुत गरेका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता विधेयकमा विदेशी महिला नेपालमा विवाह गरेर आएको ७ वर्षपछि मात्रै नागरिकता दिने भनेर नलेखिएको दाबी गरे । संसदीय समितिले सो व्यवस्था थपेको उनको भनाइ थियो ।

त्यस्तै, ओलीले अध्यादेश ल्याउँदा पनि ७ वर्षे प्रावधानलाई हटाएको बिडारीले आरोप लगाए । बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान समेत गरेका छन् । सम्बोधनका क्रममा उनले भने, ‘ओलीले ल्याएको त्यही नागरिकता विधेयक पास अनि देउवाले ल्याउँदा फेल ? के हो कान्छी भन्दै सोध्नुपर्ने’


प्रतिक्रिया

One thought on “राष्ट्रपतिविरुद्ध अनेरास्ववियू क्रान्तिकारी पवन कार्की पक्षको विरोध

  1. विडारीले टिकट पाएनछन् कि क्या हो ? विद्रोही तिर लागेछन् त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर