मन्त्रिपरिषद् बैठक : केचना-कञ्चनजंघा पर्यटन विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशक बर्खास्त – Nepal Press

मन्त्रिपरिषद् बैठक : केचना-कञ्चनजंघा पर्यटन विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशक बर्खास्त

काठमाडौं । सरकारले केचना-कञ्चनजंघा विकास समितिका अध्यक्ष हरिचरण बानियाँ र कार्यकारी निर्देशक केशवकुमार द्यौरालीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जिवनराम श्रेष्ठले दुवै जनालाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएका कारण हटाउने निर्णय मन्त्रिपरिषद् पुगेको थियो । पर्यटनमन्त्री विदेश भ्रमणमा रहेका बेला मन्त्रिपरिषद् बैठकले दुवै जनालाई हटाउने निर्णय गरेको हो । निर्णय मंगलबार भए पनि उनीहरुलाई हटाउने प्रस्ताव मन्त्री श्रेष्ठले यसअघि नै मन्त्रिपरिषद् समितिमा पेस गरिसकेका थिए ।

अध्यक्ष वानियाँ र द्यौरालीलाई बजेट तथा कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको, अपेक्षाकृत प्रगति गर्न नसकेको भन्दै मन्त्री श्रेष्ठले स्पष्टिकरण  सोधेका थिए । उनीहरु दुवै जनालाई नेकपा एमालेका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *