जब प्रशिक्षकले खेलाडीहरूलाई मैदानमै ढोगे… – Nepal Press

जब प्रशिक्षकले खेलाडीहरूलाई मैदानमै ढोगे…

काठमाडौं । अञ्जन विष्टको ह्याट्रिक प्रेरित बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपाल ३-१ ले विजयी भएपछि नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले खेलाडीहरूलाई ढोगेर आभार प्रकट गरेका छन् ।

कार्यवाहकका रूपमा आफ्नो पहिलो खेलमा नै सफलता मिलेपछि खेलाडीहरुलई सम्मान दर्साएका हुन् ।

उनले टोपी फुकालेर मैदानमा टाउको झुकाएका थिए । यस्तो अभिवादनलाई सेलिब्रेसनको एउटा पाटको रूपमा लिइन्छ ।

त्यसपछि खेलाडीहरूले प्रशिक्षक हुमागाईँलाई काँधमा बोकेर सेलिब्रेसन गरे ।

कुवेतका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमको जिम्मेवारी छाडेपछि नेपाल फुटबलसँग एन्फाले हुमागाईंर्ला कार्यबाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर