बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक – Nepal Press

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं । बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती ११ सार्वजनिक भएको छ ।

नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले किरण चेम्जोङ, सुजल श्रेष्ठ, अञ्जन विष्ट लगायत सिनियर खेलाडीलाई पहिलो रोजाइमा राखेका छन् ।

नेपालको सुरुवाती ११ जनामा किरण चेम्जोङ (कप्तन, गोलकिपर), रोहित चन्द, अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अञ्जन विष्ट रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *