सिरहामा जसपाले जलायो राष्ट्रपतिको पुत्ला – Nepal Press

सिरहामा जसपाले जलायो राष्ट्रपतिको पुत्ला

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले सिरहा सदरमुकाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जसपा सिरहाले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो ।

सिरहा सदरमुकामको विभिन्न भागमा जसपाका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीविरुद्ध नारा जुलुस प्रदर्शन गरे । नारा जुलुस पश्चात् राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएको छ ।

जसपा मधेस समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत आज राष्ट्रपति भण्डारीको पुत्ला जलाएको जसपा सिरहाका नेता राकेश गुप्ता ‘रोषण’ले बताएका छन् ।

जसपा मधेस समितिको आह्वानमा मधेसका अन्य जिल्लाहरूमा पनि राष्ट्रपति भण्डारीको कदमविरुद्ध प्रदर्शन तथा उनको पुत्ला जलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर