कांग्रेसको ठहर- नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान उलङ्घन – Nepal Press

कांग्रेसको ठहर- नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान उलङ्घन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उलङ्घन गरेको नेपाली कांग्रेसले ठहर गरेको छ ।

आज पार्टी प्रवक्ता डा‍. प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर पार्टीको यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘संसद्को दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर सम्माननीय राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भएको छ,’ पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस नोटमा भनिएको छ ।

राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित गरिएको प्रवक्ता महतद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

यस्तै राष्ट्रपतिको भण्डारीको यस्तो कदमले ‘संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको’ भनिएको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेसको ठहर- नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान उलङ्घन

  1. ए होर साम्सद नाम का 4/5 जना दले दाइहरुबसेर गरेको निर्णय नाम को नाटक सिङ्गो देस र जनता ले मान्दिनुपो पर्ने । भारत को दलाइ गर्न छाडेर नेपाली बन्नुस माहासय

Leave a Reply to जयराम Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर