राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूहबीच भोलि एकता हुने – Nepal Press

राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूहबीच भोलि एकता हुने

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह राप्रपामा समाहित हुने निश्चित भएको छ ।

राप्रपा र रविन्द्र मिश्र समूहबीच भोलि बुधवार काठमाडौंमा एकता घोषणा सभा हुने निश्चित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मिश्र राप्रपाको सहअध्यक्ष हुने बताइएको छ ।

पछिल्लो समय विचारभन्दा माथि देश अभियान चलाइरहेका मिश्रको एजेण्डा राप्रपासँग मिलेपछि राजेन्द्र लिङ्देन र उनीबीच पार्टी एकताको सहमति भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर