अवस्थीले ल्याए ‘एमाले हो जनता पाल्ने’ (भिडिओसहित) – Nepal Press

अवस्थीले ल्याए ‘एमाले हो जनता पाल्ने’ (भिडिओसहित)

कैलाली । गायक तथा संगीतकार राम प्रसाद अवस्थीले नेकपा एमालेको चुनावी गीत बजारमा ल्याएका छन् । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त गीत सार्वजनिक गरेका हुन् ।

राष्ट्रियता, स्वाभिमान र सर्वहाराको पार्टीको भन्दै आगामी निर्वाचनमा गीत मार्फत सूर्यमा मतदान गर्न आग्रह गरिएको छ । एमालेबाटै मुलुकमा समृद्धि र सुशासन आउने गीतमा दाबी गरिएको छ ।

‘एमाले हो जनता पाल्ने’ बोलको गीतमा लय/शब्द र स्वर अवस्थीको रहेको छ भने उनलाई स्वरमा सुनिता बुढाले साथ दिएकी छन् । अवस्थीको अधिकांश गीत एरेन्ज गर्दै आएका विनोद बाजुरेली यो गीतको पनि एरेन्जर हुन् । भिडियो पवित्रा काफ्ले, पवन परियार, सन्जित बलाखे र डिबि लोप्चनको रहेको छ ।

अवस्थीले यसअघि पनि ‘आइजा सूर्य आइजा’, ‘गठबन्धनको सरकार फालौं’ लगायतका दर्जनौँ एमालेको चुनावी गीत सार्वजनिक गरिसकेका छन् । उनी एमाले निकट कलाकारहरूको सङ्गठन राष्ट्रिय जन सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज हुन् ।

भिडिओ:


प्रतिक्रिया

One thought on “अवस्थीले ल्याए ‘एमाले हो जनता पाल्ने’ (भिडिओसहित)

Leave a Reply to Baburamraut Cancel reply

Your email address will not be published. Required fields are marked *