बंगलादेशविरुद्ध नेपालको कप्तानी किरणले नै गर्ने – Nepal Press

बंगलादेशविरुद्ध नेपालको कप्तानी किरणले नै गर्ने

काठमाडौं । बंगलादेशसँग मंगलबार हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालको कप्तानी गोलरक्षक किरणकुमार चेम्जोङले नै गर्ने भएका छन् ।

सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा किरणले कप्तानी गर्ने जानकारी दिइएको हो । यसअघि बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिए पनि कप्तान तोकिएको थिएन ।

अघिल्ला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादपछि निकालेका १० खेलाडीको पक्षमा समर्थन गरेको भन्दै किरणलाई पनि एसिया कप छनोटमा समेटेका थिएनन् । त्यति वेलासम्म किरण नै नियमित कप्तान थिए । एसिया कपमा नेपालको कप्तानी नवयुग श्रेष्ठलाई दिइएको थियो ।

खेलाडी र एन्फासँगको विवादका कारण अल्मुताइरी एसिया कपपछि नेपाल फर्किएनन् । एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ । हुमागाईंले अल्मुताइरीले निकालेका सबै खेलाडीलाई टोलीमा फर्काएका छन् ।

किरण भर्खरैमात्र आई लिग क्लब पन्जाबमा आबद्ध भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *