मनास्लुमा हिमपहिरो जाँदा कम्तीमा ५ जना बेपत्ता, खराब मौसमका कारण उद्धारमा समस्या – Nepal Press

मनास्लुमा हिमपहिरो जाँदा कम्तीमा ५ जना बेपत्ता, खराब मौसमका कारण उद्धारमा समस्या

काठमाडौं । मनास्लु हिमालमा पहिरो जाँदा कम्तीमा ५ जना बेपत्ता भएका छन् । बेपत्ताहरू सबै आरोहण दलका सहयोगी भएको गोरखा प्रहरी प्रमुद केदार खनालले जानकारी दिए ।

बेपत्ता हुनेमा इमाजिन नेपाल एक्सिपिडिसनका दावा शेर्पा, लाक्पा तामाङ, जितबहादुर शेर्पा, फुटिङ शेर्पा र मिङ्मा दोर्जे शेर्पा रहेका छन् ।

अन्य पनि हराइरहेको हुन सक्ने प्रहरीले जनाएको छ ।

‘आरोहण दलसम्म राम्रोसँग सम्पर्क हुन सकिरहेको छैन । १० जना जति बेपत्ता भएको भन्ने कुराहरू आएको छ’, एसपी खनालले भने ।

उनले अनुप राई भन्ने व्यक्तिको मृत्यु भयो भन्ने अपुष्ट खबर आएको पनि बताए। प्रहरीका अनुसार क्याम्प ३ बाट क्याम्प ४ जाने क्रममा सोमबार बिहान पहिरो गएको थियो ।

मनास्लु हिमाल चढ्न यस पटक ३ सय ५२ जना आरोहण स्वीकृति लिएर त्यहाँ पुगेका थिए। ‘ुतर को कहाँ थिए भन्ने कुनै स्पष्ट खबर छैन्’ एसपी खनालले भने।

प्रहरीका अनुसार कैलाश एयर र सिम्रिक एयरको हेलिकप्टरलाई खोजतलास गर्न पठाइए पनि खराब मौसमका कारण ल्यान्ड गर्न नसकेर फर्काइएको छ।

बाक्लो कुहिरोका कारण पहिरो गएको स्थानमा हेलिकप्टर ल्यान्ड गर्न नसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *