प्रचण्डको दाबी- मलाई प्रधानमन्त्री बन्न अहिले पनि अफर छ (भिडिओ) – Nepal Press

प्रचण्डको दाबी- मलाई प्रधानमन्त्री बन्न अहिले पनि अफर छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गरेका छन् । उनले कहाँबाट त्यस्तो अफर आएको भने खुलाएनन् ।

निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्डले प्रेस सेन्टरद्वारा आयोजित दसैँको शुभकामना कार्यक्रममा राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताए ।

‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’

अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तरार्द्धमा अब त्यसमा लाग्ने बताए । चितवनलाई विकासको मोडलको रूपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेले निर्णय गर्छ । भरतपुर महानगर र चितवनमा के भइरहेको छ भनेर यहाँको विकासले बोलिराखेको छ । देशको मध्यभागमा रहेको चितवनको विकासको मोडल देशभरका लागि सन्देश बन्नुपर्छ । यो चितवनको मात्र होइन राष्ट्रको सवाल हो । राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वयमा छु । समृद्धिका लागि खरबौंको परियोजना कसरी ल्याउन सकिन्छ भनेर लागेको छु ।’

संविधान उल्ट्याउन, गणतन्त्र कमजोर पार्न र नेतालाई बदनाम गर्न एकथरी लागेका भन्दै प्रचण्डले त्यसका लागि सामाजिक सञ्जाललाई माध्यम बनाइएको बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डको दाबी- मलाई प्रधानमन्त्री बन्न अहिले पनि अफर छ (भिडिओ)

  1. यो मान्छे नेपालको रोग हो । रोग निको नपारी नेपाल स्वस्थ हुँदैन ।पद पैसाको लागि मान्छे मार्नेदेखि नेपाल विरूद्व विदेशीको लागि दलालीको काम पनि गर्नेलाई राजनीतिबाट विदा गरिदिउँ चुनावमा धूलो चटाएर ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर