कोहली र सूर्यकुमार चम्किएपछि भारतले जित्यो अस्ट्रेलियासँगको निर्णायक टी-२० – Nepal Press

कोहली र सूर्यकुमार चम्किएपछि भारतले जित्यो अस्ट्रेलियासँगको निर्णायक टी-२०

काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेलमा भारतले आइतबार अस्ट्रेलियालाई ६ विकेटले हरायो ।

भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीको प्रदर्शन महत्वपूर्ण रह्यो । अस्ट्रेलियाले दिएको एक सय ८७ रनको लक्ष्य भारतले एक बल बाँकी रहेको अवस्थामा ४ विकेट गुमाएर भेट्टायो ।

कोहलीले ६३ र सूर्यकुमारले ६९ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि एक सय ४ रनको साझेदारी गरेका थिए । अन्तिम ओभरमा ११ रन आवश्यक रहेको अवस्थामा सूर्यकुमारले पहिलो बलमै छक्का प्रहार गर्दै जितलाई सहज बनाएका थिए । त्यसअघि अस्ट्रेलियाको पालीमा क्यामरुन ग्रिनले ५२ र टिम डेभिडले ५४ रन बनाएका थिए ।

सूर्यकुमार प्लेयर अफ दी म्याच र अक्सर पटेल प्लेयर अफ दी सिरिज भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *