प्रेम गीत ३ विवाद : विकास बोर्डले दियो यस्तो प्रष्टीकरण – Nepal Press

प्रेम गीत ३ विवाद : विकास बोर्डले दियो यस्तो प्रष्टीकरण

 

काठमाडौं । प्रेम गीत ३ सँग जोडिएर विवाद सिर्जना भएपछि चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ ।

सबै काम नियम कानूनको अधीनमा रहेर भएको उल्लेख गर्दै बोर्डले कर चुक्ता प्रमाणपत्र नभएकाले हिन्दी स्वारांकनको अनुमतिमा ढिलाइ भएको बताएको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै सेन्सर सिफारिस पनि निवेदन आउने बित्तिकै गरिएको बताएका छन् ।

बोर्डले प्रेम गीतसँग जोडिएर आएका समाचार भ्रामक, अतिरञ्जित, कपोकल्पित भएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *