माधव नेपाललाई मुकुन्द न्यौपानेको प्रश्न- यस्तै विधि र पद्धतिका लागि विद्रोह गरेका हौं ? – Nepal Press

माधव नेपाललाई मुकुन्द न्यौपानेको प्रश्न- यस्तै विधि र पद्धतिका लागि विद्रोह गरेका हौं ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी सञ्चालन विधि र माओवादीसँग सम्भावित एकताबारे निरन्तर असन्तुष्टि जनाउन थालेका छन् ।

सामाजिक सञ्जालबाट असन्तुष्टि जनाइरहेका न्यौपानेले आइतबार पुनः नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले एमालेबाट गरिएको विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि भन्दै सार्वजनिक रुपमै आलोचना गरेका छन् ।

न्यौपानेले भनेका छन्, ‘केपी ओली प्रवृत्तिविरुद्ध विद्रोह गरौं भनेर अनि आफूले पार्टी सञ्चालन, कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लंघन गर्ने हो भने यस्तोमा कार्यकर्ताले के गर्ने ? हाम्रो विद्रोह प्रवृत्तिका विरुद्धमा थियो कि व्यक्तिगत पद प्राप्तिका लागि थियो ?’

न्यौपानेले माओवादीसँग एकता गर्ने तथा एकता संयोजन समिति बनाउने निर्णयको समेत विरोध गरेका छन् । उनले संयुक्त घोषणापत्रमा चुनाव लड्ने कुरामा समेत असहमति जनाएका छन् ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपाललाई मुकुन्द न्यौपानेको प्रश्न- यस्तै विधि र पद्धतिका लागि विद्रोह गरेका हौं ?

  1. माधव नेपाल पनि कुनै नेता हो ? यसले विधि पद्वतिको कुरा गरेको तिमीलेपत्याएको । चरम स्वार्थी पद लोलुप मान्छे हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर