‘होम अरेस्ट’मा परेका प्रधानन्यायाधीश भन्छन्- सरकारले मलाई थुन्यो, परिवारका सदस्य निगरानीमा छन् – Nepal Press

‘होम अरेस्ट’मा परेका प्रधानन्यायाधीश भन्छन्- सरकारले मलाई थुन्यो, परिवारका सदस्य निगरानीमा छन्

प्रतिशोध र कुण्ठा साँधेर बिदा भए कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । सत्ता गठबन्धनसँग महाअभियोगको सौदाबाजी गरेर करिब साढे सात महिना कामु प्रधानन्यायाधीश बनेका दीपक कार्कीको सर्वोच्चबाट बिदाइ हुँदै गर्दा सरकारले बहालवाला प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई निवासमै गरिएको नजरबन्द कायमै राखेको छ ।

राणा कार्कीको बिदाइसँगै अदालतमा जाने हल्ला एकाएक आइतबार दिउँसो सर्वोच्चमा चलाइएको थियो । यद्यपि प्रधान न्यायाधीश राणाले भने आफूलाई अहिले पनि सरकारले निवासमै नजरबन्द (हाउस अरेस्ट) गरेर राखेको बताए ।

राणाको सरकारी निवासमा खटाइएका सुरक्षाकर्मीले कतै जान नदिने आदेश रहेको बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै राणाले आफूलाई नजरबन्दमै राखिएको र परिवारका सदस्य भित्र बाहिर गर्दा पनि फोटो खिचेर राख्ने काम भएको बताए । प्रधानन्यायाधीश राणाको निवासको गेटमा तैनाथ गरिएका सुरक्षाकर्मीलाई कडा निगरानीको निर्देशन दिइएको छ ।

असोज १६ गतेबाट उमेरका कारण अवकाश पाउन लागेका कामु प्रधान न्यायाधीश कार्की सोमवारबाट अदालतमा दशैं बिदा हुने भएकाले आइतबारै औपचारिक बिदाबारी भएका छन् । गठबन्धनको ‘न्यायिक कमिसार’को भूमिकामा उभिएका कार्कीको एक दिन भने पनि प्रधान न्यायाधीश बन्ने सपना भने पूरा नभई बिदा भएका छन् ।

कार्कीले कामु प्रधान न्यायाधीश भएपछि विगतमा चोलेन्द्र शम्सेर जबरा निकट मानिएका न्यायाधीशहरूमाथि छानीछानी प्रतिशोध साँध्ने र कतिपयलाई बर्खास्ती समेत गरेका छन् ।

व्यक्तिगत कुण्ठा र प्रतिशोधका लागि कतिपय न्यायाधीशमाथि कारबाही गर्न उनले समिति समेत गठन गरेका थिए ।

विभिन्न न्यायाधीशहरूको कल रेकर्ड गराउनेखि कल डिटेल लिने जस्ता अनधिकृत काम समेत कामु प्रधान न्यायाधीशको निर्देशनमा गरिएको न्यायपरिषद्का उच्च अधिकारीहरू बताउँछन् ।

कार्कीले पछिल्लो समय संवैधानिक इजलासलाई बन्धक बनाएर राखेका थिए । उनको एक मात्र उद्देश्य चोलेन्द्र शम्सेर निकटहरूसँग बदला लिनेमा मात्र देखिएको उच्च अधिकारीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर