शेखरको दाबी- महाअभियोग निष्क्रिय भइसक्यो, राणालाई नजरबन्द गर्नु मानव अधिकार उल्लंघन – Nepal Press

शेखरको दाबी- महाअभियोग निष्क्रिय भइसक्यो, राणालाई नजरबन्द गर्नु मानव अधिकार उल्लंघन

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाएका छन् ।

गृहजिल्ला मोरङमा पुगेका कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताए ।

कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो । सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।

कोइराला चुनावी अभियानका क्रममा गृहजिल्लामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर