नागरिकता विधेयकमा सर्वोच्चले दिएन अन्तरिम आदेश, राष्ट्रपति कार्यालयसँग कारण माग – Nepal Press

नागरिकता विधेयकमा सर्वोच्चले दिएन अन्तरिम आदेश, राष्ट्रपति कार्यालयसँग कारण माग

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण भने मागिएको छ ।

विधेयक प्रमाणीकरण नगरेको भन्दै परमादेश मागसहित परेका पाँचवटा रिटको एकमुस्ट सुनुवाइ गरिएको थियो ।

कुनै पनि रिटको प्रारम्भिक सुनुवाइमा कारण देखाउ आदेश हुनुलाई सामान्य प्रक्रिया मान्ने गरिन्छ ।

तीमध्ये देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् भने अधिवक्ता सागर बराल र अधिवक्ता डा. सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर