किन विवादमा आयो भारतीय अलराउन्डर दीप्तिले गरेको रन आउट ? – Nepal Press

किन विवादमा आयो भारतीय अलराउन्डर दीप्तिले गरेको रन आउट ?

लन्डन । भारतीय महिला क्रिकेट टोलीकी अलराउन्डर दिप्ती शर्माले गरेको एक रन आउट विवादमा आएको छ ।

क्रिकेटरहरूले त्यसलाई ‘स्पिरिट अफ क्रिकेट’ विरुद्ध भएको प्रतिक्रिया दिइरहेका छन् ।

इङ्गल्यान्डविरुद्ध लर्ड्समा शनिवार साँझ भएको एकदिवशीय खेलमा दीप्तिले ४३.३ औँ ओभरमा चार्ली डिनलाई रन आउट गरेकी थिइन् ।

नन स्ट्राइकर इन्डमा रहेकी चार्लीले बलिङ गर्नु अगावै क्रिज छाडेर दौडिन खोजेपछि दीप्तिले चलाखीपूर्ण तरिकाले रन आउट गरेकी थिइन् ।

नियमले यसरी रन आउट गर्न पाइने भए पनि स्पिरिट अफ क्रिकेटविरुद्ध हुने टिप्पणी हुने गरेको छ ।

एक सय ७० रनको लक्ष्य पाएको इङ्गल्यान्डले एक सय ५३ रन जोडेको अवस्थामा चार्ली रन आउटको सिकार भएकी थिइन् । त्यति बेला उनी ४७ रन बनाएर खेल्दै थिइन् भने १० औँ विकेटका लागि ३५ रनको साझेदारी भइरहेको थियो ।

इङ्गल्यान्डका क्रिकेटरहरूबाट दीप्तिको चर्को आलोचन भइरहेको छ । साम बिलिङ्स, जेम्स एन्डर्सनलगायतले बलरले बल नफ्याँकुन्जेल नन स्ट्राइकर ब्याट्सम्यान क्रिजमा बसिरहन नसक्ने बताएका छन् । बलरको बलिङ गर्ने ‘इन्टेन्सन’ नै नभएको उनीहरूको टिप्पणी छ।

तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला भारतले यो जितसँगै क्लीनस्वीप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *