साकिराको ‘तिमीलाई पूर्ण बनाउन आफूलाई टुक्रयाएँ’ गीत पिकेसँगको सम्बन्धमा आधारित ! – Nepal Press

साकिराको ‘तिमीलाई पूर्ण बनाउन आफूलाई टुक्रयाएँ’ गीत पिकेसँगको सम्बन्धमा आधारित !

काठमाडौं । चर्चित कोलम्बियन गायिका साकिराले बार्सिलोनाका डिफेन्डर जेर्राड पिकेसँगको असफल सम्बन्धलाई लिएर पछिल्लो गीत लेखेको संकेत गरेकी छन् ।

पाँच महिनाअघि उनले आफ्नै अफिसियल युट्यूब च्यानलमा अपलोड गरेको ‘टे फेलिसिटो’ गीत आइतबारस्म ३५ करोड १० लाख पटक हेरिएको छ ।

‘तिमीलाई पूर्ण बनाउन आफूलाई टुक्रयाएँ’ बोलको यो गीत पिकेसँगको असफल सबन्धलाई लिएर उनले लेखेको हुनसक्ने अनुमान हुँदै आएको छ ।

‘म यति मात्र भन्न सक्छु चेत/अचेत अवस्थामा मैले अनुभव गरेका, आफूले गुजारेका विषयहरूलाई गीतमा उतार्ने गर्छु’, पछिल्लो एक अन्तर्वार्तामा साकिराले भनेकी छन् ।

सन् २०१० को विश्वकपको गीत सुटिङ गर्ने क्रममा भेट भएका उनीहरू त्यसैक्रममा नजिकिएर पछी सँगै बस्न थालेका थिए । भर्खरै अगल भएका उनीहरूका दुई छोरा छन् । पिकेले सम्बन्धमा पर्याप्त त्याग नगरेको गुनासो साकिराको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *