रविको पार्टीबाट गण्डकीका १८ क्षेत्रमा २३ जना उम्मेदवार सिफारिस (सूचीसहित) – Nepal Press

रविको पार्टीबाट गण्डकीका १८ क्षेत्रमा २३ जना उम्मेदवार सिफारिस (सूचीसहित)

कास्की । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशले उम्मेदवार सिफारिस गरेको छ ।

गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा १/१ जना सिफारिस भएको र ४ वटा क्षेत्रमा एकभन्दा बढीको नाम पठाइएको प्रदेश सभापति डा. ढाकाकुमार श्रेष्ठले वताए । उनका अनुसार ११ वटै जिल्लाबाट प्राप्त नामावली केन्द्रमा सिफारिस गरी पठाइएको छ ।

४ वटा निर्वाचन क्षेत्रमा सहमति हुन नसकेका नाममा पार्टीको विधानअनुसार आन्तरिक प्रारम्भिक निर्वाचनबाछ छनौट गरी उम्मेदवार सिफारिस गरिएको श्रेष्ठले जानकारी दिए ।

सिफारिस हुनेको नामावली यसप्रकार छ-

१. मुस्ताङ- सुदेश गुरुङ (जिल्ला सभापति )

२. मनाङ- मुखिया गुरुङ

३. लमजुङ – धर्म केसी (जिल्ला सभापति )

४. म्याग्दी- हरि केसी

५. तनहुँ १- डा. शेषरमण न्यौपाने

६. तनहुँ २- विजय जोशी

७. स्याङ्जा १- बोधराज रेग्मी ( गण्डकी प्रदेश प्रवक्ता )

८. स्याङ्जा २- टीकाराज गुरुङ

९. बागलुङ १- ई. खिमानन्द कँडेल

१०. बागलुङ २- तिला खत्री

११. कास्की १- राजु राई र कमल लामिछाने

१२. कास्की २- माधवप्रसाद कँडेल (प्रदेश महामन्त्री)

१३. कास्की ३ – योगराज पौडेल (प्रदेश उपसभापति)

१४. पर्वत- जलबहादुर पुर्जा पुन र सन्तोष रेग्मी

१५. नवलपुर १- ध्रुवजंग थापा, राजन गौतम र परशुराम भुषाल

१६. नवलपुर २- शालिकराम न्यौपाने

१७. गोरखा १- सुवर्ण रोकाहा

१८. गोरखा २- कविन्द्र बुर्लाकोटी (केन्द्रीय सह- महामन्त्री ) र बाबुराम मरहठ्ठा


प्रतिक्रिया

One thought on “रविको पार्टीबाट गण्डकीका १८ क्षेत्रमा २३ जना उम्मेदवार सिफारिस (सूचीसहित)

  1. ब्यक्ति कुन र कसरी आयको हो र उस्को भिजन के छ तेस्म नितान्त ध्यान दिन जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर