आरजुको क्षेत्रमा पन्त, प्रदेशमा देउवा ! – Nepal Press

आरजुको क्षेत्रमा पन्त, प्रदेशमा देउवा !

कैलाली । अघिल्लो पटक ४ हजार ८८० मतले नेकपा एमालेका उम्मेदवार नारदुमनी रानासँग पराजित भएकी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले मैदान खाली गरेपछि रिक्त रहेको कैलाली ५ मा करिब उम्मेदवारको टुंगो लागेको छ । रानासँग पराजित भएकी राणा यस पटक पनि कैलाली ५ बाट उम्मेदवार बन्ने चर्चा थियो ।

उनको एकल नाम समेत पठाइएको थियो तर । आरजुले समानुपातिक रोजेपछि अन्य उम्मेदवारको खोजि भइरहेको थियो ।

कांग्रेस स्रोतका अनुसार आरजुको क्षेत्रका डिल्ली राज पन्त उम्मेदवार बन्ने सम्भावना बढेको छ । पन्त प्रदेश सभा सदस्य हुन् । अघिल्लो पटक बाम गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका रमेश धामीलाई हराएर प्रदेश सभा सदस्य बनेका पन्तलाई नै यस पटक प्रतिनिधि सभामा लडाउने बिषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाकारी दिएको छ ।

‘भाउजू (आरजु) ले समानुपातिक रोजेपछि धेरैले आकांक्षा राखेका थिए । तर, बालुवाटारले भने डिल्लीराज पन्तलाई टिकट दिने सम्भावना बढेको छ’ कांग्रेसका एक नेताले भने ‘अहिले सम्म करिब त्यहि कुरा पक्का हो ।’

प्रतिनिधि सभामा पन्तसँगै नरनारायण शाह मनु,क्षितिज भण्डारी, कृष्ण महरा लगायत उम्मेदवार बन्ने चर्चा थियो । धेरैले कैलाली ४ मा डोटीबाट वीर बहादुर बलायर लड्ने भएपछि कैलाली ४ बाट सुनिल भण्डारी पनि ५ मा आउने आकलन गरेका थिए । तर, यस पटक भने पन्तले नै टिकट पाउने करिब निश्चित भइसकेको जनाइएको छ ।

त्यस्तै यसअघि पन्त निर्वाचित कैलाली क्षेत्र नम्बरको ‘ख’ तर्फको प्रदेश सभामा नेपाली काँग्रेसले युवा नेता प्रकाश देउवालाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो ।

अर्काे क्षेत्रमा भने गठबन्धन भित्र नेकपा माओवादी केन्द्रको भागमा पर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर