राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक : नेता सिंह – Nepal Press

राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक भएको बताएका छन् ।

युवाहरूलाई प्राथमिकतामा राखेर अबको राजनीतिमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।

मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले स्वास्थ्य, शिक्षा, रोजगारीमा जोड दिँदै सीपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगर काम गर्ने बताए ।

हरेक वडामा ल्याबसहितको क्लिनिक पुर्‍याउनुपर्ने र हरेक क्षेत्रमा सिप सिकाउने तालिम केन्द्र खोल्नुपर्नेमा आफ्नो जोड रहेको सिंहको भनाई थियो ।

संविधानको कार्यान्वयन गर्न र गाउँ गाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेकोमा सिंहको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *