सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने – Nepal Press

सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म भारी वर्षा हुने चेतावनी दिइएको छ ।

जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाले सुदूरपश्चिमका पहाडी र तराईको क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला अझ बढी वर्षाको सम्भावना रहेको छ ।

कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर